Logo

नारायणकाजी श्रेष्ठले भने, ‘गभर्नरले तत्काल राजीनामा दिनुपर्छ’



काठमाडौँ, ३० असार । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।

विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ । “विवाद भएर सबैलाई उहाँ नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नुप¥यो, होइन भने विवाद आयो भनेर उहाँले राजीनामा दिनुप¥यो”, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतासमेत रहेका सांसद श्रेष्ठले भने । यस विषयमा उनले एमाले र सम्बन्धित अधिकारीको ध्यानाककर्षण समेत गराएका छन् ।

“अधिकारिको विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन गरेको छैन, गर्न सक्ने स्थिति पनि होला की नहोला भन्ने प्रश्न गम्भीर छ”, नेता श्रेष्ठले प्रश्न गरे, “राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ ले गभर्नर, डेपुटी गभर्नर वा कुनै सञ्चालक सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुनु हुँदैन भन्ने स्पष्ट व्यवस्था रहेको छ भने उहाँ त्यहाँ बसिरहन मिल्छ की मिल्दैन ?”

सांसद श्रेष्ठले संवैधानिक परिषदसम्बन्धीको विधेयक फिर्ता लिनसमेत आग्रह गरेका छन् र्नुभएको छ । अघिल्लो सरकारले त्यही काम गर्दा विरोध गरिएको जानकारी गराउँदै उनले सरकार हुँदा एउटा र नहुँदा अर्को कुरा गर्न नहुनेमा जोड दिए । उनले निर्वाचनमा विदेशी सहयोग नलिन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्