Logo

नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध



फायल तस्बिर

चितवन, ८ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा आज दिउँसो सुक्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्