Logo

नारायणगढ-मुग्लिन सडक खुल्याे



फायल तस्बिर

काठमाडौँ, १६ भदौ । पहिरोका कारण बन्द नारायणगढ-मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा  पहिरो खस्दा बिहीवार बिहानदेखि याे सडक दुईतर्फी नै बन्द भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिराे पन्छाएसँगै रोकिएका गाडी अहिले गन्तव्यतर्फ लागेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्