Logo

नारायणगढ-मुग्लिन सडक खुल्यो



फायल तस्बिर

चितवन, ८ असोज । पहिरोका कारण बन्द भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ ।

गएराति १२ बजेतिर भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।

नारायणगढ-मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्