चितवन, २० असोज । चितवनको केराबारीमा गएको पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ ।
बिहीवार बेलुकी ५ बजेतिर केराबारीमा गएको पहिरो हटाएपछि सडक केही बेरअघि खुलेको प्रहरीले जनाएको छ ।
यस सडक खण्डमा लगातार पहिरो खसिरहेकाले पहिरो पूर्णरूपमा पन्छाउन समस्या भइरहेको छ । पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने गरेको भए पनि फेरि अर्को ठाउँमा पहिरो खसेर सडक बन्द हुने गरेको छ ।







