Logo

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन



चितवन, ३१ जेठ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ ।

वर्षासँगै गएराति १२:४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

आज बिहान पहिरो पन्छाइ दुईतर्फी सवारी पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्