चितवन, ७ साउन । चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
आज बिहान माथिबाट पहिरो खस्दा दुईतर्फी नै सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए ।
बर्खा लागेसँगै यस ठाउँमा पटक-पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।







