Logo

नारायणगढ-मुग्लिन सडक: पहिरो पन्छाउन समय लाग्ने



चितवन, १७ असार । नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ ।

इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ । अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने ।

उक्त स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्