Logo

नारायणगढ-मुग्लिन सडक बन्द



फाइल तस्बिर

चितवन, २६ जेठ । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक बन्द भएको छ ।

चितवनको इच्छाकामना-६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिरोकै कारण मुग्लिन-नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

इच्छाकामना-४ मा रहेको नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्