
चितवन, २० साउन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।






