कञ्चनपुर, १४ वैशाख । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका-१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो ।
प्रहरीका अनुसार नालामा महिला डुबेको स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।







