बेलायत, २० असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ ।
नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको हो ।
एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक ‘क्लिनिकल एक्युटी’ मा कैयौँ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयौँ उपन्यास पनि लेखेकी छिन् ।
‘लेख्नु एक राजनीतिक काम हो, यसले हाम्रो आँखा खोल्छ जसका कारण हामी सामाजिक असमानता देख्न सक्छौँ’, एनी भन्छिन् । लेखिका एनीको जन्म सन् १९४० मा भएको थियो । उनी नरमेडीको छोटो सहर यवेटोटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे ।