Logo

निकिता पोरवाल बनिन् २०२४ को मिस इन्डिया



काठमाडौं, १ कार्तिक । मिस इन्डिया २०२४ को उपाधि मध्य प्रदेशकी निकिता पोरवालले जितेकी छन् ।

गएराती मुम्बईमा भएको ग्राण्ड फिनालेमा पोरवालले मिस इन्डिया वर्ल्ड २०२४ को ताज पहिरिएकी हुन् । अब उनले मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै दादरा र नगर हवेली ९केन्द्र शासित प्रदेश० की रेखा पाण्डे मिस इन्डिया २०२४ को फस्ट रनरअप र गुजरातकी आयुषी ढोलकिया मिस इन्डिया २०२४ को सेकेन्ड रनरअप बनेकी छन् ।

निकिता पोरवाल, रेखा पाण्डे र आयुषी ढोलकियालाई नेहा धुपियाले फूलको गुच्छा दिएर सम्मान गरेकी थिइन् ।

डिजाइनर निकिता म्हसाल्कर, अभिनेत्री संगीता बिजलानी, निर्देशक अनीस बज्मी, अभिनेत्री र अभिनेत्री नेहा धुपिया, कोरियोग्राफर बोस्को मार्टिस र निर्देशक मधुर भण्डारकर निर्णायक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्