काठमाडौँ, १ वैशाख । सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जनाएका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन् । गत फागुन ३ गते राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा उनी सहित आमा घाइते भएका थिए ।
आमाको फागुन ४ गते निधन भएको थियो भने उनी गम्भीर घाइते भएपछि त्यही दिन उपचारका लागि भारत लगिएको थियो । झण्डै २ महिना लामो उपचारपछि उनी बोल्न र हिड्न सक्ने भएका छन् ।
उनले आफू उपचार सकेर चाँडै फर्किने पनि जनाएका छन् ।