Logo

निगुरो टिप्न गएकी रेखा बाघको आक्रमणबाट बेपत्ता



चितवन, २ असार । निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएकी छन् ।

भरतपुर महानगरपालिका-२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो ।

स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्