Logo

विमानस्थल बनाउन नपाउने फैसला दुर्भाग्यपूर्ण: ज्ञवाली



 

काठमाडौँ, १२ जेष्ठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत ज्ञवालीले यसले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण गरेको र नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्‍याएको बताएका छन् । उनले आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला? भनेर प्रश्न पनि गरेका छन् ।

बिहीवार सर्वोच्चले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्