Logo

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन: नेपाल



काठमाडौँ, १६ जेष्ठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो ।

छलफलमा सहभागी नेता नेपालले राज्यका कुनै पनि निकाय विकासको बाधक बन्न नहुने बताए । ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने ।

उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे । ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्