Logo

‘निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्छ, पर्‍याे भने मुद्दा लडाैँला’



काठमाडौँ, १६ जेष्ठ । नेकपा एमालेका सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताएका छन् ।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतको आदेश बेवास्ता गरेर भए पनि निजगढ विमानस्थल बन्नुपर्नेमा सांसद रावलको जोड छ । उनले भने, ‘कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ । यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा अलिकति मिलाएर बनाऔँ न । लड्नु पर्‍यो भने लडौँला मुद्दा । अदालतले चाहिँ गर्नुहुने अनि हामीले देशको हितमा कदम चाल्न नहुने हुन्छ? अदालत के छुट्टै टापुमा बसेको हो कुनै? सरकारको अङ्ग होइन? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन? त्यहाँ बस्ने व्यक्तिहरूले? पर्छ । यो बन्नैपर्छ ।’

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्