Logo

निजगढ विमानस्थल बनाउन जे पनि गर्न तयार छु: अर्थमन्त्री



वीरगञ्ज, २१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् ।

शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । यो अहिलेको शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’ उनले भने ।

हालै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरिदिएको छ र विमानस्थल बनाउनै पर्ने भएमा विकल्प खोज्न आदेश दिएको छ । तर उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गर्ने दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्