काठमाडौँ, १९ असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन भन्ने धारणा राखेका छन् ।
शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताएका हुन् ।
“सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य सङ्घले पु¥याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन”, मन्त्री रिजाल भने ।







