Logo

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने बताएका छन् । ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ को आज उद्द्दाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई उत्प्रेरित गर्न सरकार तत्पर रहेको बताए ।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित सममेलन सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले अहिले सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेकाले स्रोत पहिचान र लगानी अवधारणाको खोजी गर्न यो सम्मेलनले पृष्ठपोषण गर्ने बताए । प्रधानमन्त्री प्चण्डले वित्तीय लगानीका नयाँ नयाँ स्रोत तथा अवधारणा खोज्न सम्मेलन आयोजना हुनु निकै सकारात्मक रहेको बताए ।

प्रधानमन्त्रीले भने, “हाम्रो विकास लक्ष्य पूरा गर्न आवश्यक वित्तीय स्रोतको अन्तरपूर्तिका लागि लगानीको उपयुक्त अवधारणा खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ र यसले हामीलाई मार्गदर्शन गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्