Logo

निजी जग्गामा राखेका गाडी महानगरले उठाएपछि अनामनगरमा तनाव



काठमाडौँ, ३ पुस । काठमाडौँ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव सिर्जना भएको छ ।

आइतवार महानगरपालिकाले काठमाडौँको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो ।

निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।

महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् । महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ ।

गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाए । उनले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्