Logo

निता भेटवाल स्मृति प्रतिष्ठान नेपालद्वारा निवन्ध प्रतियोगताका १० जना बिद्यार्थी पुरस्कृत



झापा, २९ मंसिर । निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले १० जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘शान्तिका लागि बुद्धको उपदेश शिर्षक’ निबन्ध प्रतियोगिताका प्रतियोगीलाई आज (शनिवार) बिर्तामोडमा नगदसहित प्रमाणपत्रलले सम्मान गरेको हो ।

निवन्ध प्रतियोगितामा प्रथम हुने देबी माध्यमिक बिद्यालयकी छात्रा ज्योती ढुङ्गेल, दोस्रो हुने मोहनमाया माविकी छात्रा एलिना तिम्सिना र तेस्रो हुने शनिश्चरे माबिकी छात्रा सन्ध्या खतिवडालाई प्रतिष्ठानले सम्मान गरेको छ । उनीहरुलाई क्रशम ७० हजार, ५० हजार र ३० नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

यसैगरी छात्रा निर्जला आचार्य, दिप्ति सुवेदी, तृया सापकोटा, सुस्मिता खतिवडा, आशिका संग्रौला र छात्र सौगात खनाल र रोहन सुनुवारलाई नगद ७ हजारसहित सान्तवना पुरस्कारका साथ सम्मानपत्रले सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलगायतले सम्मान गरेका थिए ।

स्वागत तथा औचित्यमाथि प्रकाश प्रतिष्ठानका अध्यक्ष ओलीले पारेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव माधव बिद्रोहीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत निता भेटवालका पिता तथा प्रतिष्ठानका संरक्षक बिष्णुप्रसाद भेटवालले छोरीको अन्तिम इच्छा अनुरुप नै अतिविपन्न परिवारका छात्र तथा छात्राहरुको अध्ययानमा सहयोग गर्दै आएको बताउनुभयो । उहाले आमाबुवा नभएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेसमेत बताउनुभएको छ । उहाले बिपन्न परिवारका पढ्न चाहेर पनि नसकेका बिद्यार्थीलाई कक्षा १२ सम्म अध्ययन गराउन सहयोग साथै अगाडी पढ्ने भए थप समन्वय गर्ने र गरिदै आएको समेत उहमले बताउनुभएको छ ।

छोरी नितालाई व्रेन ट्युमर भएको साथै धेरै कोसिस गर्दा पनि बचाउन नसकेको बताउँदै उनकै नाममा प्रतिष्ठान सञ्चालन गरेर छोरीको इच्छा अनुसार आर्थिक अभावका कारण पढ्न नसकेका बिद्यार्थीलाई पठाईमा सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिष्ठानको सहयोगमा बिर्तामोड–७ स्थित भुसाबारीमा रहेको बेल्स मोडल स्कुलमा १० जना बिद्यार्थी अध्ययनरत रहेको सोही बिद्यालयका प्रिन्सिपल तारा प्रसाईले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देन तामाङ, परिवारका सदस्य अमरदीप भेटवाललगायतले आ-आफ्नो धारणा राखेख्नुभएको थियो । निवन्ध प्रतियोगिताका सदस्य डा। ठाकुरप्रसाद पोखरेलले निबन्ध प्रतियोगिता सञ्चालनका बिषयमा जानकारी गराएको कार्यक्रममा निबन्ध प्रतियोगिताका बिजेताहरुको नाम होम सुवेदीले घोषणा गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्