Logo

नितिश कुमार आज १० औं पटक बिहारको मुख्यमन्त्री बन्दै



काठमाडौं, ४ मंसिर । भारतको जनता दल युनाइटेड (जेडीयू)का नेता नितिश कुमारले आज १० औं पटक बिहारको मुख्यमन्त्रीको रूपमा शपथ लिँदैछन् ।

बुधबार राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को बैठकमा नेता निर्वाचित भएपछि नितिशले साँझ राज्यपाल आरिफ मोहम्मद खानलाई भेटेर सरकार गठनको दाबी प्रस्तुत गरेका थिए ।

बिहारमा नयाँ एनडीए सरकारको शपथ समारोह पटनाको गान्धी मैदानमा हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदी पनि शपथ कार्यक्रममा उपस्थित हुनेछन् । कार्यक्रमका लागि गृहमन्त्री अमित शाह बुधबार साँझ नै पटना पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्