काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
महासचिव पोखरेलले नियमनका नाममा प्लेटफर्म नै बन्द गर्नु उचित नभएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनोट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’
महासचिव पोखरेलले विषयमा आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको भन्दै यसमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।







