काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले युवा नेता निराजन बमको रिहाइ माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् । आइतबार साँझ उनीहरुले सिनामंगलमा मसाल जुलुस निकालेका हुन् ।
प्रदर्शनमा राप्रपाका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत विरोध गरेका थिए ।