Logo

निर्णायक एक दिवसीय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई हरायो



वेस्ट इन्डिज, १७ साउन । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २-१ ले जितेको छ ।

पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

भारतलाई विशाल स्कोरमा पुर्याउनका लागि शुभमन गिलले ८५ रनको योगदान गरे । त्यस्तै ईशान किसनले ७७ रन बनाए । यस्तै सन्जु साम्पसनले ६९ रन बनाए भने हार्दिका पाण्ड्याले ५२ रन बनाएका हुन् ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा मुकेश कुमारले तीन, शार्दुल ठाकुरले चार, कुलदीप यादवले दुई र जयदेवले एक विकेट लिएका थिए ।

तीन सय ५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर तीन बलमा एक सय ५१ रन बनाएर अलआउट भएको हो ।

प्रतिक्रिया दिनुहोस्