Logo

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दैनाैँ: गृहमन्त्री



काठमाडौँ, २७ वैशाख । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले देशमा थुप्रै समस्या रहेको बताउँदै कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरेका थिए । उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने दाबी गरेका छन् । उनले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरेका हुन् ।

उनले भने, ‘देशमा थुप्रै समस्याहरू छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । विदेशमा गएर जीवन रक्षाका लागि श्रम गरिरहेकालाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौँ, यो हाम्रो प्रतिबद्धता हो ।’

प्रतिक्रिया दिनुहोस्