काठमाडौँ, १५ साउन । संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा काफ्लेलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








