भारत, २९ भदौ । भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु भएको छ ।
अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् । मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा चुँडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।