Logo

निर्वाचनका बाँकी अन्योल: उजुरीको सुनुवाइदेखि फेरि मतदानसम्म



काठमाडौँ, ११ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिमतिर पुग्दैगर्दा समेत केही ठाउँमा कहिले निर्वाचन गराउने सहित चुनावसँग सम्बन्धित केही अन्योल सल्टिन बाँकी नै छन् ।

निर्वाचन आयोगका अनुसार देशभरिका ७७ जिल्लामा निर्वाचन सम्पन्न भएर मतगणना जारी भए पनि बाजुराको बुढीनन्दा नगरपालिकामा पुन: चुनाव गराउन बाँकी छ ।

दुई ठूला पार्टी कांग्रेस र एमालेबीचको झडपका कारण प्रभावित बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर पाँचमा मतदान स्थगित भएको थियो । त्यहाँँ कांग्रेसले ‘दुई बुथ कब्जा गरेको’ एमालेले आरोप लगाएको छ भने एमालेले ‘चार बुथ कब्जा गरेको’ कांग्रेस नेताहरूको आरोप छ ।

त्यहाँ मङ्सिर १० गते पुन: मतदान गराउन निर्वाचन कर्मचारीहरूको टोली बिहीवार नै पुगेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बीबीसीलाई बताए ।

बुढीनन्दाको एउटा केन्द्रमा शनिवार मतदान गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्