काठमाडौँ, २८ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दैछ ।
आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो । संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् ।