Logo

निर्वाचनको दिन सरकारले दियाे सार्वजनिक बिदा



काठमाडौँ, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्