Logo

निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ: ओली



काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताए ।

नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको आज जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”

एमाले सरकारमा जानका लागि नभइ मुलुकलाई बर्वादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उनले जनताको सद्भाव र एकताका लागि निर्वाचनमा गएको बताए । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी निर्वाचनमा जान लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्