Logo

निर्वाचनपछि गठबन्धनकै सरकारले निरन्तरता पाउँछ: आङदेम्बे



पाँचथर , ११ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

गृहजिल्ला पाँचथर पुगेका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागवण्डाबारे छलफल चलिरहेको बताए । एउटा मात्र निर्वाचन क्षेत्र भएकाले आफू सङ्घीय उम्मेदवार बन्ने उनले बताए ।

पटक-पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरुप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्