Logo

‘निर्वाचनबाट प्राप्त जनमतले मुलुकलाई कता लैजाने भनेर निर्णय गर्ने’



काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा संविधानको कार्यान्वयनको पक्षधर शक्तिहरुले विजयी हासिल गर्नुपर्ने बताएका छन् ।

गणेशमान सिंहको २५ औँ स्मृति दिवसको सन्दर्भमा आइतबार गणेशमान सिंह फाउन्डेसनले गरेको कार्यक्रममा नेता सिंहले आगामी मंसिर ४ गतेको निर्वाचनबाट प्राप्त हुने जनमतले मुलुकलाई कतातिर लैजाने भनेर निर्णय गर्ने बताए ।

उनले नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले मात्रै मुलुकको विद्यमान व्यवस्था र संविधानको रक्षा गर्दै कार्यान्वयनको ग्यारेन्टी गर्न सक्ने दाबी गरे ।

‘यो मुलुकलाई जब जब संकट आइपर्छ, ती संकटहरुको समाधान कांग्रेसकै नेतृत्वमा हुँदै आएका छन् । अहिलेको संकटलाई पनि कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ,’ उनले भने, ‘कांग्रेससँग संघीयतालाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीको विषयमा जनतालाई अनुभूत हुने गरी काम गर्ने योजना छ, नेतृत्व छ ।’

नेता सिंहले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल चलिरहेको भन्दै गठबन्धनमा रहेका सबै दलको चित्त बुझाएरै सिटको बाँडफाँट हुने बताए ।

प्रतिक्रिया दिनुहोस्