Logo

निर्वाचनमा एमालेले हार्न हुँदैन: ओली



काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताएका हुन् ।

“यो निर्वाचन पहिलेको जस्तोे सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ र महत्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यसपटक एमाले हार्न मिल्दैन”, अध्यक्ष ओलीले भने । देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उनको जिकिर थियो ।

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले स्थानीय तहमा ३८ लाख मत प्राप्त गरिएकामा अबको निर्वाचनमा ५० लाख मत पु¥याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्