काठमाडौँ, १६ चैत । स्थानीय तह सम्बनधी निर्वाचन ऐन २०७३ ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको योग्यता निर्धारण गरेको छ । ऐनको दफा १२ मा योग्यता सम्बन्धी व्यवस्था छ भने दफा १३ मा अयोग्यता सम्बन्धी व्यवस्था रहेको छ ।
ऐनमा गम्भीर प्रकृतिका फौजदारी अभियोगमा सजाय तोकिएका वा पाएका व्यक्ति मात्र उम्मेदवारका लागि अयोग्य हुने व्यवस्था रहेको छ । ऐनले अदालतबाट सजाय सजाय पाएका सबै सबै व्यक्ति उम्मेदवारका लागि अयोग्य नहुने व्यवस्था छ ।
उम्मेदवार हुने योग्यता
उम्मेदवार हुने व्यक्ति २१ वर्ष पुरा गरेको नेपालको नागरिक हुन पर्दछ । उम्मेदवार हुन चाहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको कुनै कानूनले अयोग्य नभएको व्यक्ति उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।
उम्मेदवार हुन अयोग्य
ऐनको दफा १२ बमोजिमको माथिका योग्यता नभएको व्यक्ति उम्मेदवार हुन पाउँदैन । उम्मेदवार गैर नेपाली नागरिक भए, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी कुनै पदमा बहाल रहेको व्यक्ति पनि उम्मेदवारका लागि अयोग्य हुनेछन् ।
यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति पनि उम्मेदवारका लागि अयोग्य हुन्छन् । ऐनको स्पष्टिकरणमा स्थानीय तहमा बहाल रहेका जनप्रति पनि उम्म्दवार हुन अयोग्य हुने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले यही दफाका आधारमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवारी दिन चाहे राजीनामा दिनु पर्ने प्रावधान राखेकोमा नेकपा एमालेले आपत्ति गरेको थियो । एमालेले सत्ता गठबन्धन र आयोगबीच साँठगाँठ रहेको आरोपसम्म लगायो ।
कुनै व्यक्तिले निर्वाचन सम्बन्धी कसुरमा सजाय पाई भुक्तान गरेको दुई वर्ष नबितेसम्म उम्मेदवार हुन पाउँदैन । यसैगरी भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन कुनै फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको व्यक्तिले उम्मेदवार हुन पाउँदैन ।
सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्तिले पनि उम्मेदवार हुन पाउँदैन । जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउँदैन ।
उल्लेखित कसुर बाहेक अन्य कसूरमा पाँच वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवारका लागि अयोग्य हन्छ ।
प्रचलित कानून बमोजिम कालोसूचीमा रहेको अवस्थामा सो अवधिभर उम्मेदवार हुन पाइँदैन । कैदमा बसेकोमा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छ ।