Logo

निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए: थपलिया



सुनसरी, २ पुस । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिएका छन् ।

कर्मचारी मिलन केन्द्र विराटनगरद्वारा आज सुनसरीको शान्तिवनमा आयोजित रमाइलो वनभोज तथा जिल्ला अधिवेशनमा बोल्दै उनले निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।

आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्