काठमाडौँ, २३ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ मा हुने निर्वाचनमा विजयका लागि द्विविधा नरहेको बताएका छन् ।
काठमाडौँ-५ बाट उमेदवारी मनोनयन दर्ता गराउँदै उनले विजय निश्चित् रहेको दाबी गरेका थिए ।
“निर्वाचनमा विजयका लागि द्विविधा छ भन्ने नठान्नुभए हुन्छ । हामी विजय प्राप्त गर्छौँ,” पोखरेलले भने, “त्यसको आधार भनेको हामीले अघि सारेका विचारहरु, विगतमा गरका कामहरु, आगामी योजनाहरुले यो निर्वाचन क्षेत्रका विश्वासका मत प्राप्त गर्छौँ ।”







