Logo

निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो: पौडेल



रुपन्देही, १२ मंसिर । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक प्रणालीको जित हो ।” उनले आफू पनि सो क्षेत्रबाट जनताको अमूल्य मतका आधारमा निर्वाचित भएको र यो निर्वाचनलाई आफूले काँधमा आएको अभिभाराका रुपमा लिएको बताए ।

उनले देशलाई निकास दिन राजनीतिक स्थायित्वको जरुरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै उनले अहिलेको जनादेशलाई नै स्वीकार गरेर त्यसअनुरुप नै अगाडि बढ्ने बताए । “देशमा निकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको पनि बताए ।

देशमा स्वस्थ लोकतान्त्रिक मान्यतालाई अघि बढाउन निर्वाचनको प्रचारका दौरान जनताका बीचमा गएको तर आफूले कसैको विरोध नगरेको भन्दै उपाध्यक्ष पौडेलले सबै मतदाताको भावना बुझेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्