Logo

निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: थपलिया



विराटनगर, ४ कात्तिक । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पु¥याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

निर्वाचनमा अनावश्यक खर्च कटौती गर्न व्यावहारिक हिसाबले बनाएको निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा टुलुटुलु नहेर्ने भन्दै प्रमुख आयुक्त थपलियाले भने, “आचारसंहिता उल्लङ्घनको विषयमा स्पष्टीकरण सोध्नु कारबाही होइन ।” समयमै निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई कारबाही गरेको उल्लेख गर्दै उनले निर्वाचनमा उम्मेदवारले मतदातालाई लोभ, लालच एवं प्रलोभन देखाउन नहुने कुरामा जोड दिए ।

उनले मतलाई बदर हुन नदिन मतदाता शिक्षा सामाजिक सञ्जालबाट पनि सुरु गरेको बताउँदै असल जनप्रतिनिधि छान्न पद, पैसा, पहुँच र प्रलोभनमा पर्नु नहुने बताए । राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न निर्वाचन महत्वपूर्ण छ भन्दै प्रमुख आयुक्त थपलियाले स्वतन्त्र अभिव्यक्ति र निर्वाचन स्वच्छता लोकतन्त्रलाई बलियो बनाउने धारणा राखेका हुन् ।

सिद्धान्त, निष्ठा र विचारले निर्वाचन स्वच्छ एवं पारदर्शी हुने भन्दै प्रमुख आयुक्तले सञ्चारमाध्यमले निर्वाचनको गरिमा बढाउन सशक्त भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्