काठमाडौँ, ३० वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा राम्रो परिणाम आउने बताएका छन् ।
आज भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदान गरेपछि पाँचदलीय सत्ता गठबन्धनभन्दा आफूहरूको परिणामको अन्तर धेरै हुने दाबी गरे । “पाँच दलभन्दा धेरै बढी मत एमालेको आउँछ,” उनले भने ।
यो निर्वाचनमा अत्यन्तै अपेक्षित परिणाम आउने उनको भनाइ छ । ‘देशभर जनताको असाधारण उत्साहका साथ मतदान भइरहेको छ । केही ठाउँबाहेक । त्यस्तो नहुनेपर्ने हो, त्यस्तो उचित होइन्,’ ओलीले भने , ‘यस निर्वाचनले अत्यन्तै अपेक्षित परिणाम ल्याउँछ भन्ने आशा गरेको छु । जनताको विजयले रोक्न सक्दैन ।’