दार्चुला, ७ मंसिर । दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार बडूले मतान्तर बढाउँदै लगेका छन् ।
एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाभन्दा बडू १ हजार ७६ मतले अगाडि देखिएका छन् । बडूले १६ हजार ६ सय ६१ मत प्राप्त गर्दा एमालेका ठगुन्नाले १५ हजार ५ सय ८५ मत पाएका छन् ।







