Logo

निर्वाचन अपडेट: दोलखामा फेरि अघि लागे माओवादीका कार्की



दोलखा, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् ।

हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । यसअघि शिवाकोटीको अग्रता थियोे ।

प्रतिक्रिया दिनुहोस्