Logo

निर्वाचन अपडेट: बाजुरामा मतगणना सुरु



बाजुरा, १५ मंसिर । बाजुरामा मतगणना सुरु भएको छ ।

बुधबार निर्वाचन आयोगले गणना सुरु गर्न निर्देशन दिएपछि आज भएको सर्वदलीय बैठकमा जुरेको सहमतिअनुसार मतगणना सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयको भवनमा मतगणना सुरु भएको छ ।

बुधबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी भए पनि सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि अन्योलता बढेको थियो । तर, आज ११ बजेको सर्वदलीय बैठकमा एमाले प्रतिनिधिको पनि उपस्थिति भएपछि गणनाका लागि सहमति जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्