मुस्ताङ, ५ मंसिर । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२)मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बनेका छन् ।
शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।
दुई हजार सात सय ३० मत सहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरेका थिए ।
मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।







