Logo

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा



काठमाडौँ, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ ।

लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

वि.सं २०७४ को निर्वाचनमा धनुषा-३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही-२ बाट चुनाव लडेका थिए तर धनुषा-३ मा झा र सर्लाही-२ मा महतो दुवै जना पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्