काठमाडौँ, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय सचिवालय बैठकले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गर्दै केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरु, जनसङ्गठनका केन्द्रीय पदाधिकारीसमेत रहने गरी कमिटी गठन गरेको हो ।
त्यस्तै बैठकले महासचिव डा वेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ ।