Logo

निर्वाचन परिणामबाट विचलित नहुन विष्णु पौडेलको आग्रह



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल ले प्रतिनिधिसभा निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान गरेका छन्।

उनले राजनीति यात्रामा उतारचढाव स्वाभाविक हुने बताउँदै परिणामलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

पौडेलले विगतमा भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्न तथा पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्न आवश्यक रहेको बताएका छन्। साथै उनले अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी उनले आफ्नो निर्वाचन क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुलभ खरेल लाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्